गणेश रसिक, 17th ANNUAL IMAGE AWARD, 2016
काठमाडौं, फाल्गुन १, टुवोर्ग इमेज अवार्डको १७ औं संस्करणमा गायक/संगीतकार/साहित्यकार गणेश रसिकलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिएको छ ।
पन्नाकाजी, 15th ANNUAL IMAGE AWARD, 2013
काठमाडौं, मंसिर २९, टुवोर्ग इमेज अवार्डको १५ औं संस्करणमा सांगीतिक क्षेत्रका मूर्धन्य स्रष्टा वरिष्ठ गायक पन्नाकाजीलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिएको छ ।
यादव खरेल, 14TH ANNUAL IMAGE AWARD, 2012
वि.स. २०६९ ,आश्विन २० गते नेपाली संगीत क्षेत्रको महाउत्सव टुवोर्ग ईमेज अवार्डको १४ औं श्रृंखला सम्पन्न भएको थियो ।अवार्ड वितरण समारोहमा यस वर्ष गीतकार तथा चलचित्र निर्देशक यादव खरेललाई ईमेज लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरियो ।
कालीप्रसाद रिजाल, 13th ANNUAL IMAGE AWARD, 2011
13th Annual Tuborg Image Award वि.स. २०६८ सालमा आयोजना गरियो । Image Life time achievement Award बाट भने यस वर्ष चर्चित गीतकार कालीप्रसाद रिजाललाई सम्मान गरियो ।
दुर्गालाल श्रेष्ठ, 12TH ANNUAL IMAGE AWARD, 2011
वि.सं. २०६८ असोज १६ गते नेपाली संगीत आकाशमा 12th Annual Tuborg Image Award सम्पन्न भयो ।नेपाल भाषा साहित्यमा आफ्नो अलग्गै स्थान निर्माण गर्नु भएका तथा लामो समयदेखि नेपाली साहित्य संगीतमा आफ्नो जीवन अर्पण गर्नु भएका सर्जक दुर्गालाल श्रेष्ठलाई यो वर्ष Image Life time achievement अवार्डबाट सम्मान गरियो ।
रत्न शम्शेर थापा AND कुमार बस्नेत, 11TH ANNUAL IMAGE AWARD, 2010
11th Annual Tuborg Image Award वि.स. २०६७ सालमा आयोजना गरियो । Image Life time achievement Award बाट भने यस वर्ष चर्चित गीतकार रत्न शम्शेर थापा र लोकप्रिय लोक गायक कुमार बस्नेतलाई सम्मान गरियो ।Image Top 5 Agency Award ले यस वर्ष पनि निरन्तरता पायो ।
कीरण खरेल, 10TH ANNUAL IMAGE AWARD, 2009
वि.सं. २०६६ सालमा 10th Annual Tuborg Image Award आयोजना गरियो । नेपाली संगीत आकाशका नक्षत्रद्धय ख्यातिप्राप्त गायक योगेश बैद्य र चर्चित गीतकार कीरण खरेललाई Image Life time achievement अवार्डबाट सम्मान गरियो ।
दीप श्रेष्ठ, 9TH ANNUAL IMAGE AWARD, 2008
9th annual tuborg image award वि.सं २०६५ सालमा आयोजना गरियो । विरेन्द्र अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा भव्य stage, ख्यातिप्राप्त कलाकारहरुको बेजोड़ प्रस्तुति, कार्यक्रम संचालकहरुको बुद्धिमतापूर्ण कार्यक्रम संचालन, Red Carpet को तामझामले संगीत उद्योगमा झन उर्जा थप्यो ।
भक्तराज आचार्य, 8TH ANNUAL IMAGE AWARD, 2007
वि.सं. २०६४ साल जेष्ठ २७ गते 8th annual tuborg image award को आयोजना गरियो । Image Life Time Achievement Award बाट यस वर्ष भजन शिरोमणी भक्तराज आचार्यलाई सम्मान गरियो ।
धर्मराज थापा, 7TH ANNUAL IMAGE AWARD, 2006
जनकवि केशरी श्री धर्मराज थापालाई यो वर्ष Image life time achievement award बाट सम्मान गरियो ।
फत्तेमान राजभण्डारी, 6TH ANNUAL IMAGE AWARD, 2005
वि.सं. २०६२ सालमा 5th annual image award मा घोषणा गरिएको नाम नेपाली संगीत आकाशका धरोहर प्रेमध्वज प्रधान र 6th annual image award मा घोषणा गरिएका सर्जक, नेपाली संगीत आकाशका नक्षत्र फत्तेमान राजभण्डारीलाई Image life time achievement award प्रदान गरियो ।
5TH ANNUAL IMAGE AWARD, 2002
Image Award को लोकप्रियता व्यापक रुपमा अगाडी बढि रहेता पनि 5th annual image award भने वि.स. २०५९ सालमा विविध कारणवश आयोजना हुन सकेन । तर यस वर्षको image lifetime achievement award प्राप्त गर्नुहुने संगीत साधकको नाम प्रेमध्वज प्रधान भने घोषणा गरियो ।
शिवशंकर, 4TH ANNUAL IMAGE AWARD, 2001
4th annual image award वि.स. २०५८ सालमा आयोजना गरियो। यो वर्ष नेपाली चलचित्र उद्योगका प्रथम नायक अनि लोकप्रिय गायक शिवशंकरलाई image lifetime achievement award प्रदान गरियो ।
नातिकाजी, 3RD ANNUAL IMAGE AWARD, 2000
वि.सं. २०५७ सालमा 3rd annual image award सम्पन्न भयो । यो वर्ष नेपाली संगीत उद्योगका ध्रुवतारा संगीतकार-गायक नातिकाजीलाई image lifetime achievement award प्रदान गरियो ।
अम्बर गुरुङलाई, 2ND ANNUAL IMAGE AWARD, 1999
2nd annual image award बि.सं. २०५६ सालमा नेपाली संगीत उद्योगका अर्का नक्षत्र संगीतकार अम्बर गुरुङलाई image life time achievement award प्रदान गरियो ।
तारादेवी, 1ST ANNUAL IMAGE AWARD, 1998
1st annual image award मा नेपाली संगीत आकाशकी नक्षत्र स्वरकिन्नरी तारादेवीलाई Image Life Time achievement Award प्रदान गरिएको थियो ।